24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप २ हजार ३९८ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जना र ३ हजार ९५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४ हजार ५६ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ७२ हजार ८४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स