24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना पुष्टि : १८ संक्रमितको मृत्यु

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८९५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ७० जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स