26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट २ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन्। । नेपालमा हालसम्म ६ लाख १६ हजार ९ सय २९ जना संक्रमणमुक्त भइसकेका छन । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
यस्तै कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन ।

नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५ सय ८ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स