24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्वाचन आयोगद्वारा आगामी मध्यावधि निर्वाचनको कार्यतालिका तयार

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । त्यही बेला आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको छ, जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न दिइनेछ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ ।

असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स