29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

वडाकार्यलयमार्फत भूमि सेवा दिने मन्त्रालयको तयारी

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि सेवा उपलब्ध गराउने तयारीका साथ हाल कार्य अगाडि बढाइरहेको जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा पोखरामा आयोजित गण्डकी प्रदेश अन्तर्गतका मालपोत कार्यालयका कर्मचारीका लागि प्रदान गरिएको दुई दिने क्षमता विकास प्रशिक्षणलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले सो कुरा बताउनुभएको हो ।उहाँले वित्तिय संस्थाले शेयर खरिदबिक्री गरेजस्तै भूमिको पनि खरिदबिक्री गर्ने गरी भू बजार संचालन गर्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पनि पार्नुभयो ।

त्यस अवसरमा विभागका महानिर्देशक पद्यनिधि सोतीले सबैको प्रयासमा मालपोत कार्यालयलाई सदाचारयुक्त संस्थाका रुपमा स्थापित गराउनुपर्ने स्पष्ट पार्नु हुँदै त्यसका लागि सर्वप्रथम कर्मचारीले नै आफ्नो व्यवहार सुधार्नुपर्ने औँल्याउनुभयो ।

विभागका निर्देशकद्वय रोशनशंकर घिमिरे तथा निर्माणकुमार कार्कीले कतिपय अवस्थामा मालपोतमा जागिर खान्छु भनेर जनतासँग ढुक्कसँग भन्न सक्ने अवस्था नबनेको भन्दै जनतालाई मिठो मुस्कानसहित सेवा दिन कर्मचारी तयार रहनुपर्ने बताउनुभयो । त्यस अवसरमा राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेल, विभागका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतले पनि धारणा राख्नुभयो ।

कार्यक्रमका बीच प्रमुख मालपोत अधिकृतहरुले आ आफ्नो जिल्लाको समग्र भू अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँहरुले मालपोत कार्यालयले कतिपय अवस्थामा नापी कार्यालयको भारी बोक्नु परेको, भूसेवा मालपोत मार्फत दिदाँ भद्रगोल भएको, जग्गाको मूल्याङकनमा समस्या रहेको लगायत गुनासो राख्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स