24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रिय सभाको १४औँ अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रिय सभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठीक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरूलाई स्वागत गरे । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्‍मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाए ।

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रिय सभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ ।

अधिवेशन प्रारम्भ भएका अवसरमा बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सांसदले शुभकामनासहित समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स