29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य मंगलवारदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स