24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाँच महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँको आयात घट्यो, झन्डै ६ खर्बको व्यापारघाटा

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आयात व्‍यापारमा उल्लेख्य कमी आएको छ । आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष २०।७१ प्रतिशतले आयात घटेको हो ।

यो अवधिमा ३४.६१ प्रतिशतले निर्यात घटेको छ । गत वर्ष नेपालले पाँच महिनाको अवधिमा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । सोही अवधिमा यो वर्ष नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो अवधिमा नेपालले जम्मा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा यो वर्ष २२।२३ प्रतिशतले घटेको छ । पाँच महिनाको अवधिमा नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स