24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्वाचनका समयमा रौतहटका सीमानाका ४ दिन बन्द हुने

रौतहट । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन भयरहित गराउन ४ दिनसम्म रौतहटको सम्पूर्ण नाका बन्द हुने जानकारी दिएको छ।

मंसिर १ गते १२ बजेदेखि मंसिर ४ गते रातीसम्म गौर, बनजरहा, औरैया, राजपुर, नरकटिया, बंकुल, बेलबिछवालगायत सम्पूर्ण नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स