29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

डेंगु सङ्क्रमण उत्कर्षमा, सङ्क्रमण अझै डेढ महिना रहन सक्ने

काठमाडौं । देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४ सय ९४ जना सङ्क्रमित भएका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाले जनाएको छ । बाग्मती, लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २ सय ८२ जनामा संक्रमण भेटिएको छ ।

यस्तै, सुदूरपश्चिम १ हजार १ सय ४४, गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६ सय ८५ र कर्णाली ६ सय ४७ जनामा संक्रमण देखिएको । गएको १६ दिनको अवधिमा मात्र ११ हजार ५ सय ५७ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यस्तै, गएको २४ घण्टामा १ हजार ७ सय भन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । साउन महिनायता ४१ हजार ७ सय ४३ जना सङ्क्रमित भइसकेका छन् । ४९ जनाको डेंगुको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भएको जनस्वास्थ्यविद्हरूको अनुमान छ । डेंगुको लक्षण भएका विरामीहरु घरघरमा भए पनि अस्पतालमा नपुग्नेको दर धेरै रहेको जनस्वास्थ्यविद्हरूको भनाई छ । डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहने विज्ञहरुले जनाएको छ। डेंगु सङ्क्रमण उच्च भए पनि नियन्त्रणमा सरकारी प्रयास भने प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स