काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४४६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ६१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ ।
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४४६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख २३ हजार ४६७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।