काठमाडौँ। सरकारले चाडपर्वमा उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तुुमा सहुुलियत दिने उद्देश्यले यस वर्षका लागि तीन करोड २५ लाख रुपियाँ छुुट्टाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैँ, तिहार, छठलगायतका चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि सहुुलियत दिने गरी हरेक वर्ष छुुट्टाउने गरेको छ ।
चाडपर्वमा उपभोक्तालाई सहुलियत दिने कार्यक्रम अघिल्ला वर्षहरूकै निरन्तरता हो र चालू आर्थिक वर्ष २०७८-७९ को बजेट पनि अघिल्लो वर्षकै बराबर छुुट्टाइएको मन्त्रालयले जनाएको छ । आपूर्ति मन्त्रालयले सहुलियत मूल्य पसल सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर खाद्यवस्तुमा छुट दिनेगरी बजेट छुुट्याउँदै आएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले मन्त्रालयलको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत उपभोक्तालाई चाडपर्वमा सहुलियत मूल्य पसलबाट सस्तोमा खाद्यवस्तु बिक्रीको व्यवस्था हुँदै आएको जानकारी दिनुुभयो। उहाँका अनुसार खाद्य कम्पनीका लागि एक करोड ७५ लाख र कर्पोरेसनका लागि एक करोड ५० लाख रुपियाँ रकम छुटाइएको छ । सहप्रवक्ता केसीले चाडपर्वमा सुपथ पसलमार्फत उपभोक्तालाई थोरै भए पनि राहत दिने उद्देश्यले रकम छुट्याइने गरिएको जानकारी दिनुुभयो ।
दशैँदेखि छठसम्म सहुलियत पसल सञ्चालन गरेर नुन, चिनी, चामल, दाल, तेल, गेडागुडीदेखि खसीबोका च्याङ्ग्रामा समेत विशेष छुुटमा बिक्री गर्ने गरिएको छ । खाद्य कम्पनी र कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने र त्यसको रकम सरकारले भुक्तानी गर्ने गर्छ । गत वर्षका चाडपर्वमा चिनी चालम, चिनी, नुन, गेडागुडीमा प्रतिकेजीमा दुुई रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइएको थियो । खसीबोकामा जिउँदो प्रतिकेजी ५० रुपियाँसम्म छुुट गरिएको थियो ।
सरकारको निर्देशनमा खाद्य र कर्पोरेसनले छुट दिए पनि सरकारले त्यसको शोध भर्ना गर्न ढिलाइ गरेपछि तीन वर्ष अघिदेखि नै सहुलियत पसल सञ्चालन गर्नका लागि मन्त्रालयले बजेटमै कार्यक्रम समावेश गर्न थालेको हो ।
सरकारले चाडपर्वमा खाद्यवस्तुमा छुट दिने भनेर घोषणा गरे पनि संस्थानलाई छुट दिएको रकम लिन धेरै समय लाग्ने गरेको थियो । बजेटमै रकमको व्यवस्था गरेदेखि बिक्री बिलको आधारमा संस्थानले छुटबापतको भुक्तानी रकम तत्काल पाउने गरेका छन्ध्र