27.1 C
Kathmandu
Friday, September 22, 2023

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताउनुभयो । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ,’ यादलले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमका बारे ब्रिफिङ गर्नुभएको थियो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुहुँदै छ । गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुनर्स्थापित गरेको थियो ।

असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनीयताको सपथ लिनुभएको प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स