25.5 C
Kathmandu
Saturday, September 30, 2023

राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग्रहण गर्नुहुनेछ । तर यसका लागि समय तय भइनसकेको र तयारी थालिएको राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी देउवासमक्ष पठाइसकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिनुभयो ।

साजै सानो मन्त्रिमण्डल चयन गरे देउवा शहपथ ग्रहण समारोहमा जानुहुने बताइएको छ । यसका लागि सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्न कांग्रेििभत्रै र नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीमा समेत छलफल जारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स