काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १३३ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८१ हजार १ सय ३६ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ ।