27.1 C
Kathmandu
Tuesday, September 26, 2023

तनहुँको भिमाद नगरपालिकाका विद्यालय बन्द नहुने

तनहुँ /सरकारले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण चैत २० गते शुक्रबारसम्म मुलुकभरका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले भने नगरक्षेत्रभित्रका विद्यालयमा नियमित पठनपाठन जारी रहने र विद्यालय बन्द नहुने सूचना जारी गरेको छ ।
नगरपालिकामा हालसम्म वातावरणीय असहज अवस्था नरहेको बताउँदै नगर प्रमुख मेखबहादुर थापाले विद्यालयहरु नियमित सञ्चालन गरिने बताउनु भयो । ‘मौसम विज्ञहरु अनुसार काठमाडौं र लुम्बिनी क्षेत्रमा बढी तुवाँलोको प्रभाव देखिएको छ तर हाम्रो क्षेत्रमा वनजंगलका हरियालीका कारण मौसम प्रतिकूलताको ठूलो प्रभाव नदेखिएकोले विद्यालयमा नियमित पठनपाठन गराउने भएका हौं’ प्रमुख थापाले भन्नुभयो ।
वातावरण प्रतिकूल भएर स्वास्थ्यमा समस्या देखिन थाले सरकारको निर्णयअनुसार विद्यालय बन्द गरिने नगरप्रमुख थापाले बताउनु भयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स