27.1 C
Kathmandu
Tuesday, September 26, 2023

भौतिक विद्यालय सञ्चालनको जिम्मा विद्यालयलाई नै

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी असोज ९ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गराउन विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र कार्ययोजना बनाउन महानगरपालिकाले विद्यालयलाई सूचित गरेको छ ।

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुलाई विद्यालयले अभिमुखीकरण गराउने पर्ने छ ।

विद्यालय सञ्चालनको तयारी पूरा गरेको जानकारी महानगरपालिकालाई गराउनु पर्ने छ । विद्यालयका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजरसमेत प्रदान गर्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स