28.1 C
Kathmandu
Thursday, September 21, 2023

रोल्पामा शिक्षकलाई तलब खुवाउन विद्यालयमा अदुवा खेती

रोल्पा । निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताउनुभयो । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ ।

विद्यालयको आम्दानी बढाउन सुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा अहिले ९० जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स