27.1 C
Kathmandu
Monday, June 5, 2023

दूधको मूल्य बढाउने तयारी

काठमाडौं । किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूल्य बढाउने प्रस्ताव गरेको हो ।

बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुग्ध विकास संस्थान, पशुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो । वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूल्य प्रतिलिटर १० रुपियाँ मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उहाँले बताउनुभयो । बोर्डले एक साताअघि मन्त्रालयमा मूल्य बढाउन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूल्य प्रतिलिटर ६० रुपियाँ पु(याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूल्य फिर्ता भएको थियो ।

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुपर्ने बताउनुभयो । बजारमा अधिकांश वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव किसान र उद्योगलाई पर्न गएको उहाँको भनाइ छ । अहिले बजारमा दैनिक ३५ लाख लिटर दूधको माग रहेकोमा ३१ लाख लिटर आपूर्ति भइरहेको र पाँच लाख लिटर दूध अपुग रहेको उहाँले जानकारी दिनुभयो ।

२५ प्रतिशत दूध अभाव
दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले बजारमा अहिले २५ प्रतिशत दूधको अभाव रहेको बताउनुभयो । चैत–वैशाखदेखि भदौसम्म दूधको ‘अफ सिजन’ भए पनि दूधको अभाव भने पुस–माघदेखि नै हुन थालेको उहाँले जानकारी दिनुुभयो । डीडीसीले हाल दैनिक मुलुकभर एक लाख २० हजार लिटर दूध सङ्कलन गरिरहेको छ । यसअघि जाडो महिनामा एक लाख ६० हजार लिटर दूध सङ्कलन हुने गरेको थियो । डीडीसीका अनुसार मुलुकमा वार्षिक १४ प्रतिशतका दरले दूधको माग बढ्ने गरेको छ ।

उपत्यकामा दैनिक ७५ देखि ८० हजार लिटर मात्र दूध वितरण गरिएको डीडीसीले जनाएको छ । दूधको अभाव हुँदा कारखानामा ५० प्रतिशत मात्र सञ्चालनमा आएको उहाँको भनाइ छ । उत्पादन कम हुुँदा बजार माग धान्न कठिन परेकाले दूधको आपूूर्ति व्यवस्था सहज पार्न भारतबाट दूध आयात गर्न मन्त्रालयलाई पत्राचार गरिएको  छ। नियमित रूपमा कारखाना चलाउन र बजार माग धान्न दैनिक ४० देखि ५० हजार लिटर दूध आयात गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स