27.1 C
Kathmandu
Monday, July 22, 2024
spot_img

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बनाउने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने गजुरेलको भनाई छ । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।​

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।

माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए । माओवादी पदाधिकारी बैठककै बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । कांग्रेसका अन्य नेताले पनि फोन गरेर बधाई दिएको महराले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स