25.5 C
Kathmandu
Saturday, September 30, 2023

काठमाडौँ महनगरले पञ्चेबाजा बजाएर झण्डै चार करोड राजश्व उठायो

काठमाडौं ।काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर सम्बन्धी सूचना प्रकाशित गरेपछि हालसम्म तीन करोड ८९ लाख रुपियाँ कर उठेको छ । महानगरपालिकाले कर बुझाउने आव्हानसहितको सूचना प्रकाशित गरी कर नबुझाउने प्रतिष्ठानहरुमा पञ्चेबाजसहित जान थालेपछि उक्त कर सङ्कलन भएको राजस्व विभागले जनाएको छ ।

राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले दिनुभएको जानकारीअनुसार अहिलेसम्म १३ व्यापारिक प्रतिष्ठानले कर बुझाएका छन् । उहाँका अनुसार सम्पर्कमा आएको व्यापारिक प्रतिष्ठानमध्ये एन आर टी क्लब, यूनाइटेड वल्ड टे«ड सेन्टर, काठमाडौं इन्जिनियरिङ्ग कलेज, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, एलआरआई बोर्डिङ स्कुल स्युचाटार, होटल मस्र्याङ्दी, बुद्ध मल, जनमैत्री अस्पताल, सुरज आर्केट, वैशाली होटल प्रालि, प्रवीणबहादुर केसी र स्टार मलले कर बुझाएका हुन ।

एनआरटी क्लबले १० लाख, यूनाइटेड वल्र्ड ट्रेड सेन्टरले एक करोड, काठमाडौं, इन्जिनियरिङ्ग कलेजले २५ लाख, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले २९ लाख २० हजार, एलआरआई बोर्डिङ स्कुलले २५ लाख, होटल मस्र्याङ्दीले आठ लाख सात हजार ९१८ पियाँ, बुद्ध मलले ४७ लाख १८ हजार र जनमैत्री अस्पतालले ६० लाख कर राजस्व विभागमा बुझाएको छ ।

यसैगरी सुरज आर्केटले ६ लाख ७४ हजार १६४, वैशाली होटलले पाँच लाख ९६ हजार ८६४, प्रवीणबहादुर केसीले आठ लाख र स्टार मलले ५० लाख कर बुझाएको विभागका प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले १३ व्यापारिक प्रतिष्ठानले कर बुझाएपनि पूरै कर नबुझाएको बताउनुभयो ।

‘उहाँहरुले अझै कर बुझाउन बाँकी छ । यो आर्थिक वर्षभित्र बुझाउने प्रतिवद्धता गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तै सम्पर्कमा नआउनेलाई पत्रचार गरेका छौं । उहाँहरुले कर बुझाउँछौँ भनेर डकुमेन्ट ल्याएर बुझाउनुभएको छ ।’ यता कर नर्तिने र सम्पर्कसम्म नआएको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको राजस्व महाशाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौं महानगरपालिकाले यही भदौ ९ गतेबाट कर असुल गर्न पञ्चेबाजासहित टोल टोलमा अभियान शुरु गरेको छ । महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स