27.1 C
Kathmandu
Tuesday, September 26, 2023

सुर्खेतका स्थानीय तहको बेरुजु ४६ करोड बढी : सबैभन्दा धेरै पञ्चपुरी नगरपालिका

सुर्खेत । सुर्खेतका नौ स्थानीय तहको बेरुजु ४६ करोड १० लाख १२ हजार छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनअनुसार नौ वटै स्थानीय तहको ११ अर्ब ५१ करोड ९५ लाख ५३ हजारको लेखा परीक्षण गर्दा ४६ करोड १० लाख १२ हजार बेरुजु देखिएको हो ।

पञ्चपुरी नगरपालिकाको बेरुजु सबैभन्दा बढी छ । सो नगरपालिकाको १ अर्ब २६ करोड २८ लाख २ हजार रकमको लेखा परीक्षण गर्दा १५ करोड २ लाख २९ हजार बेरुजु भेटिएको हो । यो जम्मा रकमको ११.९० प्रतिशत हो ।

सबैभन्दा कम बेरुजु चिङ्गाड गाउँपालिकाको रहेको छ । चिङ्गाडको ६६ करोड ३ लाख ८८ हजार रकमको लेखा परीक्षण गरिएकोमा ६३ लाख ४२ हजार बेरुजु देखिएको हो । सो गाउँपालिकाको ०.९६ प्रतिशत रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै चौकुने गाउँपालिकाको ९० करोड ७१ लाख ७० हजारको लेखा परीक्षण गरिएकोमा ६ करोड २७ लाख २४ हजार ९६।९१ प्रतिशत० बेरुजु देखिएको छ । लेकवेशी नगरपालिकाको १ अर्ब १५ करोड ३७ लाख १० हजारको लेखा परीक्षण गरिएकोमा ७ करोड ३ लाख २२ हजार ९६.३३ प्रतिशत बेरुजु देखिएको छ ।

सिम्ता गाउँपालिकाको ९९ करोड ४२ लाख ३९ हजार लेखा परीक्षण गरिएकामा ४ करोड १२ लाख १ हजार ९४.१५ प्रतिशत बेरुजु देखिएको छ । गुर्भाकोट नगरपालिकाको १ अर्ब ३४ करोड ३ लाख ३६ हजारमा ३ करोड ४ लाख ७५ हजार ९२।५४ प्रतिशत० बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ को जिम्मेवारी भइ आएको गुर्भाकोट नगरपालिकाको ४ करोड २३ लाख ६० हजार बेरुजु रहेको छ ।

भेरीगंगा नगरपालिकाको १ अर्ब २३ करोड ५९ लाख २५ हजारमा ६ करोड २२ लाख ९५ हजार ९५.०४ प्रतिशत बेरुजु देखिएको छ । बराहताल गाउँपालिकाको १ अर्ब ८ करोड १३ लाख ४ हजारमा ४ करोड ४२ लाख ६६ हजार ९४.०९ प्रतिशत बेरुजु देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स