27.1 C
Kathmandu
Tuesday, September 26, 2023

आत्मबलले जितिन विरगञ्जकी उपमेयरले कोरोना

 

पर्सा / वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले ९१ वर्षको उमेरमा कोरोनालाई जितेकी हुन् । उपप्रमुख कार्कीको वैशाख २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिनबाट उहाँ दुई दिन संक्रमित बस्न बनाइएको स्थानीय विजय ज्योति होटल र त्यसपछि वीरगन्ज महानगरपालिकाको आफ्नै अस्थायी कोभिड अस्पतालमा बसेर कोरोना जित्दै बिहीबार बिहान डिस्चार्ज हुनुभएको छ ।

उपप्रमुख कार्कीलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले अस्थायी कोभिड अस्पतालमा पुगी स्वागत गर्नुभयो ।

श्वास फेर्न अलि अप्ठ्यारो भएपछि गएको वैशाख १७ गते अक्सिजनको सपोर्टमा दुई दिन घरमा बस्नुभएको थियो । अवस्था अलि ठिक भएपछि स्वाब परीक्षण गर्न दिँदा २२ गते संक्रमण पुष्टि भएको थियो । त्यसको ठिक १३ औं दिनका दिन दोस्रो पटक दिएको स्वाबको बुधबार साँझ रिपोर्ट नेगेटिभ आई बिहीबार डिस्चार्ज हुनुभएको उपप्रमुख कार्कीका स्वकीय सचिव विजय पौडेलले बताउनुभयो ।

उपमेयर कार्कीले आफूले आत्मबलकै कारण कोरोना जितेको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स