21 C
Kathmandu
Wednesday, September 27, 2023

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण ४४ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार८६२ जना र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १हजार ७८१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०३ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २९० जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ४ हजार ६७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स