27.1 C
Kathmandu
Friday, September 22, 2023

देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ।

हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स