25.5 C
Kathmandu
Thursday, September 21, 2023

तनहुँको व्यास नगरपालिकाले दियो विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

तनहुँ । सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुसभयो ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन । जसमद्ये व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिने गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स