26.6 C
Kathmandu
Wednesday, September 27, 2023

देशभर थप २ हजार ४४५ जनामा कोरोना संक्रमण : ३२ जनाको मृत्यु

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १८ हजार ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६६४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख ४४ हजार १८० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ३२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५ हजार ५ सय ८२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स