25.5 C
Kathmandu
Saturday, September 30, 2023

काठमाडौंमा खोप सकियो, अभियान स्थगित

काठमाडौं । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोना विरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।

साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिनुभयो ।

मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्ष देखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन निर्णय भएको थियो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसैपटक भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइदिने निर्णय भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स