25.5 C
Kathmandu
Saturday, September 30, 2023

प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीको बहस सकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गर्नुभएको छ ।

प्रधानमन्त्रीको तर्फबाट आज वरिष्ठ अधिवक्ताहरू रमेश गुरागाईं, विष्णुमणी अधिकारी, ईश्वरीप्रसाद भट्टराई, अधिवक्ताहरू भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, अनन्त लुईँटेल र लोकनाथ खरेलले बहस गर्नुभएको छ । असार १६ मा प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो ।

यस्तै, वैशाख १७ मा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गर्नुभएको थियो ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ । इजलासले सभामुखको तर्फबाट कानुन व्यवसायीलाई दुई घण्टाको समय तोकेको छ । सभामुखका कानुन व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिने छ । त्यसका लागि तीन घण्टाको समय निर्धारण गरिएको छ । त्यसपछि अदालतका सहयोगीको बहस हुनेछ । त्यसका लागि दुई घण्टाको समय तोकिएको छ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स